काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ। साताको पहिलो दिनको भन्दा सुन तोलामा ८ सय रुपैयाँ बढेको छ।
सोमबार कारोबार मूल्य प्रति तोला १ लाख ९६ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ सोमबार तोलामा ५ रुपैयाँले बढेर प्रति तोला २ हजार ३ सय १५ रुपैयाँ भएको छ। आइतबार तोलामा ५ रुपैयाँ घटेर प्रति तोला २ हजार ३ सय १० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस ३३३५.०५ डलरले कारोबार भएको सुन सोमबार बढेर ३३५६.९७ डलर पुगेको छ। चाँदी पनि प्रति औंस ३८.०१ डलरबाट बढेर ३८.१६ डलर भएको छ।











