साल्ट ट्रेडिङले भन्यो ‘१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ’



बिजमाण्डू
२०८२ साउन ३१ गते ०६:३७ | Aug 16, 2025
साल्ट ट्रेडिङले भन्यो ‘१५ लाख २३ हजार बोरा रासायनिक मल नेपाल भित्रिँदै छ’

काठमाडौं। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कर्पाेरेशनले हालै मात्र ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो। गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेशनलाई प्राप्त भएको पनि सस्थाले स्पष्ट पारेको छ।

रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पाेरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ।’

हाल बजारमा रासायनिक मलको अभाव भएका विषयमा आएका समाचारमा कर्पाेरेशनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ। रासस