काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा छुट पाउने भएका छन्। बैंकले हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले अन्नपूर्ण न्यूरो हस्पिटलका सेवाहरूमा १०-१५ प्रतिशत छुट पाउने छन्।
सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षरग गरेका छन्।











