सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला १ सय र चाँदी १५ रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८२ साउन २९ गते १२:०१ | Aug 14, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला १ सय र चाँदी १५ रुपैयाँ बढ्यो

काठमाडौं। सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँले बढेको हो

Tata
GBIME
Nepal Life

बिहीबारका लागि कारोबार मूल्य प्रति तोला १ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

बुधबार पनि सुन तोलामा १ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत सोमबारका तुलनामा मंगलबार १ हजार ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँ भएको थियो।

बिहीबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला २ हजार ३४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रति तोला २ हजार ३ सय २५ रुपैयाँ थियो। मंगलबार प्रति तोला २ हजार ३ सय ५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि घट्न थालेको सुनको मूल्य पुनः उकालो लागेको छ। बुधबार प्रति औंस ३३४८.८४ डलर रहेको सुन बढेर प्रति औंस ३३६१.७५ डलर पुगेको छ। चाँदी बिहीबार प्रति औंस ३८.६ डलर छ।