आयोगले कारागार अनुगमनपछि भन्यो- रविलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन



बिजमाण्डू
२०८२ साउन २७ गते १६:१५ | Aug 12, 2025
आयोगले कारागार अनुगमनपछि भन्यो- रविलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको कारागारको कोठा स्वास्थ्यका दृष्टिले उपयुक्त नभएको बताएको छ।

Tata
GBIME
Nepal Life

सदस्य डा. लिली थापाले कारागार अनुगमन गरेको भोलिपल्ट आयोगले प्रेस विज्ञप्ति निकालेर रविलाई राखिएको कोठा स्वास्थ्यका दृष्टिले उपयुक्त नभएको बताएको हो।

‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको अभियोगमा रवि पुर्पक्षका लागि चैत २५ देखि भैरहवास्थित कारागारमा छन्। उनले कारगार स्थानान्तरणका लागि दिएको निवेदनमा अदालतले आदेश दिए पनि कारगार प्रशासनले कार्यान्वयन गरेको छैन।

आयोगले कारागार मानवअधिकारमैत्री नरहेको भन्दै व्यवस्थापनमा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।