रसुवागढी हाइड्रोपावरको सेयरको लकइन अवधि सकिंदै, स्थानीयले भदौ २८ देखि बेच्न पाउने



बिजमाण्डू
२०८२ साउन २३ गते ११:११ | Aug 8, 2025
रसुवागढी हाइड्रोपावरको सेयरको लकइन अवधि सकिंदै, स्थानीयले भदौ २८ देखि बेच्न पाउने

काठमाडौं। रसुवागढी हाइड्रोपावरको लकइन अवधि सकिन लागेको छ। हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि वितरण गरेको सेयरको लकइन अवधि सकिन लागेको हो।

Tata
GBIME
Nepal Life

आयोजनाले प्रभावित रसुवाका स्थानीयका लागि बाँडफाँड गरेको ६८ लाख ४२ हजार १०० कित्ता सेयरको ३ वर्षे रोक्का अवधि भदौ २७ मा समाप्त हुन लागेको छ।

आयोजनाले २०७९ भदौ २८ गते स्थानीयलाई सेयर वितरण गरेको थियो। कम्पनीले आइपीओ निष्कासन गरेको मितिले तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीयका लागि वितरण गरेको सेयर लकइन अवधि समाप्त नभएसम्म कारोबार गर्न नपाउने व्यवस्था छ।

लइकन सकिएपछि हाइड्रोपावरको सेयर स्थानीयले बिक्री गर्न पाउनेछन्।