काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले काठमाडौंमा नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ।
भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई समर्थन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ। यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदानगर्ने लक्ष्य राखेको जनाइएको छ।
यसका साथै भिसाले नेपाल प्रमुखको रुपमा मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ। आफ्नो नयाँभूमिकामा थापाले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुने बताएका छन्।
थापाले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।
नेपाल कार्यालय खोलिएको बारे सब्बीर अहमदले भने, ‘हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं।’
थापाले यसअघि फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गरेका थिए। त्यहाँ उनले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गरेका थिए र अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी सम्बन्ध बनाउन भूमिका खेलेका थिए। त्यसअघि, भारत मालिभक्विक टेक्नोलोजीप्रा. लि. मा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा उनले काम गरेका थिए।
थापाले भने, ‘नवप्रवर्तन र सुरक्षितकारोबार प्रतिभिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षमबनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर छु।”











