काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले गर्दै आएको अनुसन्धानबारे जानकारी दिएका छन्।
उनीहरुले बिहीबार मकवानपुरको चित्लाङस्थित विश्वविद्यालय पुगेर अनुसन्धानबारे जानकारी लिएका हुन्।
उनीहरुलाई विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी र सहप्राध्यापक भुषण श्रेष्ठले अनुसन्धानबारे जानकारी गराएका थिए। विश्वविद्यालयले अहिले कोदो, जुम्लीमार्सी, विभिन्न वनस्पति, नेपालमा पाइने विभिन्न च्याउका बारेमा अनुसन्धान गरिरहेको छ।
विश्वविद्यालयका अध्यक्ष जोशीले अहिलेसम्म खेर जाने कुनै पनि अनुसन्धान नगरेको भन्दै अनुसन्धानका नतिजा किसान तथा उद्यमीसम्म पुर्याउन सरकारले वातावरण बनाउनुपर्ने बताए।











