गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश, गत वर्षभन्दा दोब्बरले बढायो लाभांश दर



बिजमाण्डू
२०७६ पुष ३ गते ११:०७ | Dec 19, 2019
गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश, गत वर्षभन्दा दोब्बरले बढायो लाभांश दर

Tata
GBIME
Nepal Life

काठमाडौं। गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। संस्थाले २५ औ वार्षिक साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो। 

संस्थाको हालको चुक्ता पुँजी ८० करोड रूपैयाँ छ। नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित ८ करोड रूपैयाँ लाभांश वितरण गर्नेछ। संस्थाले गत वर्षको भन्दा दोब्बरले लाभांश बढाएको हो। पुँजी वृद्धिले गत वर्ष लाभांश खुम्चिएकोमा यो वर्षदेखि पुरानै लयमा देखिन थालेको छ। 

संस्थाले विगतका वर्षमा वितरण गरेको लाभांश 

आर्थिक वर्ष

बोनस शेयर

नगद लाभांश

जम्मा लाभांश

2075/2076

0

10

10

2074/2075

0

5.26

5.26

2073/2074

10.19

0.54

10.73

2072/2073

25

1.32

26.32

2071/2072

10

 

10

2070/2071

6.28

7.72

14

2069/2070

0

7.37

7.37

2068/2069

3.5

5.5

9