कुमार लम्साल एनबिआइको प्रमुख कार्यकारी अधिकृत नियुक्त, २० बर्षभन्दा बढिको बैंकिङ अनुभव



बिजमाण्डू
२०७६ मंसिर ३० गते १५:२८ | Dec 16, 2019
कुमार लम्साल एनबिआइको प्रमुख कार्यकारी अधिकृत नियुक्त, २० बर्षभन्दा बढिको बैंकिङ अनुभव


काठमाडौं। केही समयदेखि बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका कुमार लम्साल बैंकका लागि दक्ष कर्मचारी उत्पादन गर्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

लम्साल नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को प्रमुख कार्यकारी नियुक्त भएका हुन्। 

कार्यकाल बाँकी छँदै सञ्जिब सुब्बाले राजीनामा गरेपछि प्रमुख कार्यकारी पद रिक्त थियो। उनलाई आजैबाट लागु हुने गरी प्रमुख कार्यकारी नियुक्त गरिएको हो।

लम्साल सानिमा बैंक, प्रभु बैंक, जनता बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। दुई दशकभन्दा लामो बैंकिङ अनुभव भएका लम्सालसँग ऋण र जोखिमतर्फको बिशेष विज्ञता छ।

एनबिआइमा राष्ट्र बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ। एनबिआइले अहिलेसम्म १९ सयभन्दा बढि तालिम कार्यक्रम आयोजना गरेको छ भने कुल ५० हजार जनालाई तालिम दिइसकेको छ।