निक्षेपको ब्याजदर ओरालो लाग्दा बैंकको ऋणपत्रमा आकर्षण, दोस्रो बजारमा महँगोमा कारोबार



बिजमाण्डू
२०८२ साउन ८ गते १७:१७ | Jul 24, 2025
निक्षेपको ब्याजदर ओरालो लाग्दा बैंकको ऋणपत्रमा आकर्षण, दोस्रो बजारमा महँगोमा कारोबार

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ब्याजदर निरन्तर घटाउँदा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको छ।

Tata
GBIME
Nepal Life

बैंकले छोटो अवधिको निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा झार्दा ऋणपत्रमा १२ प्रतिशतसम्म प्रतिफल पाइने भएकाले लगानीकर्ताको आकर्षण बढेको हो। बैंकहरुले निष्कासन गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परिरहेको छ।

दोस्रो बजारमा पनि ऋणपत्र महँगोमा कारोबार भइरहेको छ। गत आर्थिक वर्ष ३ अर्ब ३३ करोड ६३ लाख रुपैयाँको ऋणपत्र किनबेच भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६६.९१ प्रतिशत धेरै हो।

अंकित मूल्य एक हजार रुपैयाँमा निष्कासन गरेको ऋणपत्रको मूल्य दोस्रो बजारमा उच्च मागका कारण गत वर्ष १४१२ रुपैयाँसम्म पुगेको छ। कुमारी बैंक डिबेञ्चर २०९० को मूल्य १४१२ रुपैयाँसम्म पुगेको हो।

६ प्रतिशत ब्याजदरको निफ्रा ग्रिन इनर्जी डिबेञ्चर सबैभन्दा धेरै ५० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। बैंकहरुको ब्याज बढ्ने नदेखेपछि ऋणपत्रतिर लगानी बढेको मर्चेन्ट बैंकरहरु बताउँछन्।

‘ब्याजदर घटिरहेको छ। लिक्विडिटी हाइ भएकाले तत्काल बढ्ने पनि देखिंदैन। राष्ट्र बैंकको पोलिसी ब्याजदर घटाउने गरी आएको छ। त्यसैले लगानीको नयाँ स्पेस खोजिरहेकाहरुले बढी ब्याजदर पाएपछि डिबेञ्चरमा इन्भेष्ट गर्ने नै भए,’ एक मर्चेन्ट बैंकरले भने, ‘ओभर लिक्विडिटीले डिबेञ्चरको पनि कस्ट घटाएको छ। यद्पी, अहिले बैंकहरुले दिइरहेकोभन्दा झण्डै दोब्बर रेट ऋणपत्रमा पाइने हुँदा इन्भेष्टरलाई पनि फाइदा भयो।’

गत आर्थिक वर्ष ऋणपत्रको कारोबार

ऋणपत्रको नामकारोबार भएको ऋणपत्र संख्याकारोबार रकम (रु दश लाखमा)क्लोजिङ प्राइस रुपैयाँ
एनएमबि डिबेञ्चर २०८५११४८७१२.३४१११२.८
सिटिजन्स बैंक डिबेञ्चर २०९०९७६६१०.९९११८५
हिमालयन बैंक डिबेञ्चर २०८३२४३१२.५६१०८३.२
केबीएल डिबेञ्चर २०९०५००४५.७२१४१२.९
लक्ष्मी बैंक डिबेञ्चर २०८६१४१६१.५४११४०
नबिल डिबेञ्चर २०८२१४९९११६.१५११३०
नेपाल एसबिआई बैंक डिबेञ्चर६९०३७.४८११३०
एनआईसी एसिया २०८५/८६१९९०६२१.४४११६४
एनआईएमबी डिबेञ्चर २०९०२०६५१२३.६५११७०.२
प्रभु बैंक डिबेञ्चर २०८४७२८१५७९.२१११४३
प्राइम डिबेञ्चर २०८८५४९९४६१.४९१२०१
सानिमा बैंक डिबेञ्चर३५९५९३९.७६११८३.६५
प्राइम डिबेञ्चर २०८४७१७८७.७२११३९
सिटिजन्स बैंक डिबेञ्चर २०८६१७८०१.९४११७८.७
केबीएल डिबेञ्चर २०८६४४२०६५०.३६१२३४
माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५११५७०१३.४८१२९४
एनबिबिएल डिबेञ्चर २०८५६३०८४७३.९२११०९.५
नेपाल एसबीआई बैंक डिबेञ्चर २०८३४८०४५५२.०१११०१.३७
एनआईसी एसिया डिबेञ्चर २०८३/८४२८६८३.१११४५
प्रभु बैंक डिबेञ्चर २०८६११२७६१२.५६११२७
सानिमा डिबेञ्चर २०८९२९२४३.२६१२०५
एसबीएल डिबेञ्चर २०८३६०९६६६७.९१११२२
सनराइज बैंक डिबेञ्चर २०८३२१२६४२२.९४११२६
स्ट्यान्डर्ड चाटर्ड बैंक डिबेञ्चर६२९६६.९५११३५
कृषि विकास बैंक डिबेञ्चर२०८३२९०५७३१.७८११६०
नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२३९२८४४३.६८११६५.४५
एभरेष्ट बैंक डिबेञ्चर २०८५११७२११३.३११११४.६
एसबीएल डिबेञ्चर २०८२३८८७४४३.०९११००
एसबीएल डिबेञ्चर २०८९२८८७१३४.३४१२७०
केबीएल डिबेञ्चर २०८९१००७५३१२१.१४१२४८.४
एलबिबिएल डिबेञ्चर २०८९१०१७००१२३.९११२६४.८
महालक्ष्मी डिबेञ्चर २०८९२२२१७२६.६५१२५०
एनआइसी एसिया डिबेञ्चर २०८२/८३८३४१९९३.३५११९९
गुडविल फाइनान्स डिबेञ्चर २०८३१७९१७२१.८८१२४९.९
आइसीएफसी डिबेञ्चर २०८३२०५१५२५.२८१३६५.०७
बीओके डिबेञ्चर २०८६१८४३८१८.८८१०५०
लक्ष्मी बैंक डिबेञ्चर २०८८५०२३५.१५१०७८
माछापुच्छ्रे बैंक डिबेञ्चर २०८७१२९१२१३.२८१०४६
नेपाल बैंक डिबेञ्चर २०८७५७१६३५८.५११०५२.५
नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८४४६४८३४७.३२१०४२
प्रभु बैंक डिबेञ्चर २०८७७८६५४८०.१६१०५९.३५
आरबीबीएल डिबेञ्चर २०८३१९६०३२०.२११०९०
सानिमा डिबेञ्चर २०८७२७१७३२८.०३१०६८
एसबीएल डिबेञ्चर २०८४४३२४९४३.९२११०२.५
प्राइम डिबेञ्चर २०८५१४७२६१५.३११०७९
आइसीएफसी डिबेञ्चर २०८८१५८३८१७.१४१११२.९३
कामना सेवा विकास बैंक डिबेञ्चर २०८७४९९३१५२.९५११००
नबिल डिबेञ्चर २०८७६१२४६.४५१०८०
नेपाल एसबीआई बैंक ऋणपत्र २०८९१७६२८४१८५.८३११३७
एनआइसी एसिया डिबेञ्चर २०८१/८२४२७८४.४६१०००
मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५३६६२०३८.८९१११७.२
एनसीसी डिबेञ्चर २०८६१६५९२६१७७.३६११२०
बीओके डिबेञ्चर २०८६ क६६४८७.५१११३०.२
सेन्चुरी डिबेञ्चर २०८८३८३६८४४.६३१२१८.९
सिभिल बैंक डिबेञ्चर २०८८४६५६८५३.२२१२०५
एभरेष्ट बैंक३५९४०३६.७८१०६३.२
एभरेष्ट बैंक डिबेञ्चर २०९११७७२११८.२९१०५०
एभरेष्ट बैंक इनर्जी बण्ड २०८९३३०९३.३९१०४०.८
गरिमा डिबेञ्चर २०८५१३३४३८१४०.४९१०९५.५
ग्लोबल आइएमई डिबेञ्चर २०८४/८५६३४०८७३.४४११७५
ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७११६३६२११९.५६१०८०
हिमालयन बैंक बण्ड २०८६१०१८५११.५५११२५
ज्योती विकास बैंक बण्ड २०८७२४७१९२६.०९१०७६
मुक्तिनाथ डिबेञ्चर २०८४/८५१५४३३१५.९४१०८५
नबिल डिबेञ्चर २०८५१३८७२२१४२.७९१०५१.६६
एनआइसी एसिया ऋणपत्र २०८८२०८१७२१.६४११००
निफ्रा ग्रिन इनर्जी डिबेञ्चर २०८८/८९५०५४६९५०५.४७१०००
निफ्रा उर्जा ऋणपत्र २०८५/८६४७०३४.४७१०१५
एनएमबी डिबेञ्चर २०८९/९०२१७०८२५.८९१२१५
एनएमबी डिबेञ्चर २०८७/८८४६३१८४७.२२१०९७
सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७४४५३९४७.१९११००
कुल३१०४९०८३३३६.३

वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशत छ। कर्जाकै ब्याजदर न्यून विन्दुमा आएको छ। जेठ मसान्तमा वाणिज्य बैंकको कर्जाको औसत ब्यादर ७.९९ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले ब्याजदर घट्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ। राष्ट्र बैकले नीतिगतदर घटाउँदा बैंकहरुको निक्षेपको ब्याजदर अझै घट्ने देखिएको छ।

बैंकिङ प्रणालीमा तरलता फालाफाल छ। ऋणको माग नभएर तरलता थुप्रिएका कारण ब्याज ओरालो लागिरहेको हो। जसका कारण लगानीकर्ताले लगानीका अन्य उपकर खोजिरहेका छन्।

संस्थागत लगानीकर्ता म्युचुअल फण्डले ब्याजदर घटेका कारण मुद्दती निक्षेपको लगानी निकालेका छन्। इन्स्योरेन्स कम्पनीहरुले सेयर बजारमा लगानी बढाएका छन्।

बैंकहरुको पुरानो डिबेञ्चरमा ब्याजदर उच्च भएका कारण लगानीकर्ताको रोजाइमा परेको ब्रोकरहरु बताउँछन्।

‘अहिले बैंकले ल्याएको डिबेञ्चरमाभन्दा पुरानो डीबेञ्चरमा बढी ब्याज छ। यसले गर्दा लगानीकर्ताको आकर्षण देखियो,’ क्यापिटल म्याक्स सेक्युरिटिजका अतितलाल श्रेष्ठले भने।