वैदेशिक रोजगार बोर्डले माग्यो सामीका लागि ४ कार्यक्रम अधिकृत र १२ स्वयंसेवक कर्मचारी



बिजमाण्डू
२०८२ साउन ८ गते ०९:३९ | Jul 24, 2025
वैदेशिक रोजगार बोर्डले माग्यो सामीका लागि ४ कार्यक्रम अधिकृत र १२ स्वयंसेवक कर्मचारी

काठमाडौं। सरकारको सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगार बोर्डले ४ कार्यक्रम अधिकृत र १२ जना स्वयंसेवक कर्मचारी मागेको छ।

Tata
GBIME
Nepal Life

बोर्डले बिहीबार जारी गरेको सूचनाअनुसार विभिन्न जिल्लामा कार्यक्रम सञ्चालनका लागि कार्यक्रम अधिकृतको पदपूर्ति गरिने भएको हो। आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत कार्यक्रम बमोजिम परिचालनका लागि स्वयंसेवकको पनि पदपूर्ति गरिने सूचनामा छ।

दुवै पदहरु करारमा पदपूर्ति गरिने भएको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५औं दिन कार्यालय समयमा आवेदन दिइसक्नु पर्नेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा सामी कार्यक्रमबीच भएको सम्झौताअनुसार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा छ।

बोर्डको सचिवालय अन्तर्गत काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमका लागि १६ जनाको पदपूर्ति गरिने भएको हो।