काठमाडौं। साताको चौथो दिन सुनचाँदीको कारोबार मूल्य अझ बलियो भएको छ। सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ।
बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९७ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चार दिनमा सुन तोलामा ४ हजार ३ सय रुपैयाँ बढिसकेको छ।
सोमबारका तुलनामा १ हजार ८ सय रुपैयाँ बढ्दा मंगलबार तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँ भएको थियो। साताको प्रारम्भमा कारोबार मूल्य १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो।
बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। कारोबार मूल्य प्रति तोला २ हजार ३ सय ५० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा ३५ रुपैयाँ बढ्दा मंगलबार तोलाको २ हजार ३ सय २० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ३४२१.३ डलर छ। चाँदी प्रति औंस ३९.२४ प्रतिशत छ। मंगलबार सुन प्रति औंस ३३८८.०३ डलर र चाँदी ३८.७९ थियो।











