कर्पोरेटलाई तान्दै ‘एभरेस्ट महिला भलिबल लिग’: फ्रेन्चाइजमा लगानीकर्ता को को?



मुकुन्द घिमिरे
२०८२ साउन ७ गते १७:१७ | Jul 23, 2025
कर्पोरेटलाई तान्दै ‘एभरेस्ट महिला भलिबल लिग’: फ्रेन्चाइजमा लगानीकर्ता को को?

काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा पछिल्ला वर्षहरुको ट्रेन्ड हो : फ्रेन्चाइज लिग। क्रिकेटदेखि फुटबल, भलिबल, कबड्डी जस्ता खेलहरुमा पनि फ्रेन्चाइज लिगको आकर्षण बढ्दो छ।

Tata
GBIME
Nepal Life

अहिले नेपाल प्रिमियर लिगको चर्चा चलिरहँदा एभरेष्ट महिला भलिबल लिगको पनि बजार तातेको छ। यो लिगको अक्सन साउन २ गते सम्पन्न भयो। दोस्रो संस्करणको प्रतियोगिता अघिको यो अक्सन नेपाली भलिबल इतिहासमै पहिलो हो। यो लिगको मुख्य प्रायोजकमा वात्सल्य छ। प्रतियोगिताको आयोजक हो: ईन्फिनिटी ड्रिम्स।

भदौ २० देखि पोखरामा सुरु हुने इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशवीससहित गण्डकी थण्डर्स, लुम्बिनी लाभाज, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता हुनेछ।

पहिलो संस्करणमा खेलेका दुईवटा टिमले नाम फिर्ता लिएपछि त्यसको स्थानमा अन्य दुई टोली थपिएका हुन्।

नेपाल भलिबल संघसँग आयोजकको अब ६ वर्षको सम्झौता छ। त्यतिन्जेलसम्म फ्रेन्चाइजले खेल्न सक्ने इन्फिनिटी ड्रिम्सकी सिईओ स्नेभी चापागाइँले बताइन्।

‘भलिबलको पहिलो संस्करणमा बजारमा बुझाउन कठिन थियो। फ्रेन्चाइजमा लग्न कठिन थियो। अहिले मार्केटको रेस्पोन्स राम्रो छ। वात्सल्यसँग दुई वर्षको सम्झौता हो। यो दोस्रो वर्ष हो,’ उनले भनिन्।

ईडब्लुभीएल यसपाला पोखरामा हुँदैछ। पोखरा लैजानुको तीन कारण रहेको सीईओ चापागाइँले बताइन्।

यसमा पहिलो कारण त्रिपुरेश्वरको कभर्डहल ‘रिनोभेसन’मा छ। यहा अहिले लिग आयोजना सम्भव छैन। अर्को पक्ष भने पोखराको कभर्डहल काठमाडौंको भन्दा ठूलो छ। अर्थात सिधासिधा टिकटबाट धेरै रकम उठ्ने सम्भावना रहन्छ। त्यस्तै, तेस्रो पोखरामा भलिबलको क्रेज राम्रो छ।

‘पोखराको कभर्डहलमा भने क्षमता ठूलो छ। ४ हजार बढीको क्षमता छ,’ उनले भनिन्, ‘पहिलो संस्करण पनि फाइदामा छ। लिगले टिकट, मिडिया राइट्स, स्पोन्सरलगायतबाट उठेको रकम टिमसँग सेयर हुनेछ।’ अघिल्लो वर्ष ९ वटा देशमा खेलाडी आएका थिए। यसपाला आउने १८ खेलाडी हाइप्रोफाइल हुने आयोजकको दाबी छ।

यो लिगको पहिलो संस्करण अघिल्लो वर्ष सम्पन्न भएको थियो। त्यसबेला इडब्लुभिएलको पहिलो च्याम्पियन बनेको थियो : कर्णाली यश्विस। हरेक टोलीले राष्ट्रिय टोलीका प्रभावशाली खेलाडीलाई मार्की खेलाडी बनाएका छन्। हरेकले मार्की खेलाडीलाई १ लाख ७२ हजार ५०० रुपैयाँ दिएका छन्।

अक्सनमा फ्रेन्चाइजहरुले ३६ लाख ५९ हजार २५० रुपैयाँ खर्चिएका थिए। ईडब्लुभीएलमा अबको रणनीति आवश्यक विदेशी खेलाडी भित्र्याउनेमा रहनेछ।

यसमा क्लबहरुले ४० लाखदेखि माथिको लगानी रहने बुझिएको छ।

मधेश युनाइटेड

मधेश युनाइटेड टिम विशाल अग्रवाल र रोहित अग्रवालको नाममा छ। निरुता ठगुन्ना मार्की खेलाडी रहेको यो टोलीले क्याटागोरी ‘ए’की आरती सुवेदी र ‘बी’ की कोपिला रानालाई सर्वाधिक रकम खर्चिएको थियो। यो टोली अक्सनमा सबैभन्दा कम खर्चने टोली हो। यसले सात खेलाडीमा कूल ५ लाख ८७ हजार ५०० रुपैयाँ खर्चिएको थियो।

मधेशले आफ्नो ब्राण्ड एम्बास्डर नीति शाहलाई बनाएको छ। यो टोलीको प्रशिक्षकमा कोपिला उप्रेती छिन्।

मधेश युनाइटेड
मार्की खेलाडीनिरुता ठगुन्ना
क्याटागोरीखेलाडीमूल्य
आरती सुवेदी११५०००
बीकोपिला राना११५०००
बीसरस्वती कट्टेल१०००००
बीउषा विष्ट१०००००
सीबबिता बोहरा५००००
सीबसन्ती साउद५७५००
सीस्नेहा ठगुन्ना५००००
कूल५८७५००

पोखरा निन्जा

अक्सनमा सबैभन्दा धेरै रकम खर्च टोली हो पोखरा निन्जा। यो टोलीको मार्की खेलाडीमा प्रगति नाथ छिन्। यो टोलीको स्वामित्व भरसर्ब ग्रुप प्राइभेट लिमिटेडसँग छ।

अक्सनमा पोखराले सर्वाधिक रकम पुनम चन्दमा लगाएको थियो। ‘ए’ क्याटागोरीकी उनलाई १ लाख ७२ हजार ५०० रुपैयाँ खर्चिएको थियो। पोखराले अक्सनमा मात्रै ६ लाख ३० हजार २५० रुपैयाँ खर्चियो।

पोखराले एम्बास्डरमा सनिसा भट्टराईलाई नियुक्त गरेको छ। पोखराको प्रशिक्षकमा रुपेश विष्ट छन्।

पोखरा निन्जा
मार्की खेलाडीप्रगति नाथ
क्याटागोरीखेलाडीमूल्य
पुनम चन्द१३२२५०
बीमिना सुनार११५०००
बीसुनिता खत्री१०००००
बीगरिमा बोहरा११५०००
सीअञ्जिला प्रधान५७५००
सीनिशा महर५७५००
सीभावना तामाङ५३०००
कूल६३०२५०

कर्णाली यशस्वी

एभरेस्ट महिला भलिबल लिगको साविक विजेता टोली हो: कर्णाली यशस्वी। यो टोलीको स्वामित्व साहिल गुप्ताको नाममा छ। सुमित्रा रेग्मी मार्की खेलाडी रहेको यो टोलीले अक्सनमा कूल ५ लाख ८९ हजार ७५० रुपैयाँ खर्चिएको थियो। कर्णालीले सर्वाधिक मूल्य साफिया पुनका लागि १ लाख ३२ हजार २५० खर्चिएको थियो।

कर्णालीको प्रशिक्षकमा कुमार राई छन्।

कर्णाली यशस्वी
मार्की खेलाडीसुमित्रा रेग्मी
क्याटागोरीखेलाडीमूल्य
साफिया पुन१३२२५०
बीरश्मिता दुरा१०००००
बीजस्ना महतो१०००००
बीपूजा थारु१०००००
सीनेविका चौधरी५७५००
सीरेबिका लामा५००००
सीएलिसा बोजु५००००
कूल५८९७५०

लुम्बिनी लाभाज

लुम्बिनी लेभिसको मार्की खेलाडी अरुणा शाही छन्। उनी नेपाली राष्ट्रिय टोलीको समेत कप्तान हुन्। यो फ्रेन्चाइजको स्वामित्व सुश्री मिडिया ग्रुपको नाममा छ। लुम्बिनीले अक्सनमा कूल ६ लाख १२ हजार २५० रुपैयाँ खर्चिएको थियो।

लुम्बिनीको प्रशिक्षकमा भरत यादव छन्।

लुम्बिनी लाभा
मार्की खेलाडीअरुणा शाही
क्याटागोरीखेलाडीमूल्य
कामना बिस्ट१३२२५०
बीएलिसा मानन्धर११५०००
बीशान्तीकला तामाङ११५०००
बीजेनिसा बिके१०००००
सीरोमा महतोइ५००००
सीरिक्जना बोटे५००००
सीअनुषा चौधरी५००००
कूल६१२२५०

काठमाडौं स्पाइकर्स

काठमाडौं स्पाइकर्सको मार्की खेलाडी हुन् उषा भण्डारी। यो टोलीको स्वामित्व शरदकुमार तिबारेवालासँग छ। अक्सनमा यो टोलीले कुल ६ लाख १२ हजार २५० रुपैयाँ खर्चिएको थियो।

काठमाडौंको प्रशिक्षकमा लोकेश बुढा छन्।

काठमाडौं स्पाइकर्स
मार्की खेलाडीउषा भण्डारी
क्याटागोरीखेलाडीमूल्य
कविता भट्ट१३२२५०
बीमनिषा चौधरी११५०००
बीयमुना रसाइली१०००००
बीरिमा कुँवर१०००००
सीबाल्मिका आचार्य५७५००
सीकमला पुन५७५००
सीआषिका क्षेत्री५००००
कूल६१२२५०

ललितपुर क्विन्स

ललितपुरको मार्की खेलाडीमा सलिना श्रेष्ठ छिन्। यो फ्रेन्चाइजको स्वामित्व रमेश पराजुलीको नाममा छ। ललितपुरले अक्सनमा सर्वाधिक रकम संगम महतोलाई लिन खर्चियो। महतोलाई ललितपुरले १ लाख ३२ हजार २५० रुपैयाँमा लिएको थियो। अक्सनमा यो टोलीले कूल ६ लाख २७ हजार २५० रुपैयाँ खर्चिएको थियो।

ललितपुरको मुख्य प्रशिक्षकमा उत्सव खड्का छन्।

ललितपुर क्विन्स
मार्की खेलाडीसलिना श्रेष्ठ
क्याटागोरीखेलाडीमूल्य
संगम महतो१३२२५०
बीलक्ष्मी चन्द११५०००
बीसुनिता राई१०००००
बीसलिना बुढा मगर११५०००
सीनिशा चौधरी५००००
सीशृष्टी खड्गी५७५००
सीभावना डाँगी५७५००
कूल६२७२५०