आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सिइओमा शरण रेग्मी नियुक्त, २७ वर्षको अनुभव

बिजमाण्डू
२०७६ मंसिर ११ गते १५:०३ | Nov 27, 2019
आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सिइओमा शरण रेग्मी नियुक्त, २७ वर्षको अनुभव

Tata
GBIME

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सको डेपुटी प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी नियुक्त भएका छन्। कम्पनीको संचालक समितिले रेग्मीलाई नियुक्त गरेको हो।

स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा उनी कार्यरत रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार तत्कालिन एनआईडिसी क्यापिटल मार्केटमा २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्समा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभव छ। बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरेको कम्पनीले जनाएको छ।