काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले विमान खरिद गर्दा लिएको ऋणको असार मसान्तसम्मको किस्ता भुक्तानी गरेको छ।
एनएसीले २ न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र २ वाइडबडी जहाजको आंशिक गरी असार ३२ गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
एनएसीले २०८२ असार मसान्तसम्ममा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।
न्यारोबडी र वाइडबडी विमान किन्न एनएसीले कर्मचारी संचय कोषसँग २२ अर्ब र नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएकामा सम्झौताअनुसार किस्ता तिर्न नसक्दा ऋणको भार ५२ अर्ब नाघिसकेको छ।











