सिर्सियास्थित सुक्खा बन्दरगाह आजदेखि वीरगंज भन्सारमा गाभियो, सेवा एकीकृत कार्यालयबाट



बिजमाण्डू
२०८२ साउन १ गते ११:३२ | Jul 17, 2025
सिर्सियास्थित सुक्खा बन्दरगाह आजदेखि वीरगंज भन्सारमा गाभियो, सेवा एकीकृत कार्यालयबाट

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगंज भन्सार कार्यालयमा गाभिएको छ। साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि वीरगंज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो। त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो।

एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात निर्यात गर्ने गरिन्छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्या‍कबाट सामान आयात र निर्यात हुने गरेको थियो।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज भन्सार कार्यालयमा गाभिएको बताए।

सुक्खा बन्दरगाह भन्सार कार्यालयल गत आर्थिक वर्षभर ४९ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ।