एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने



बिजमाण्डू
२०८२ असार ३२ गते १९:०२ | Jul 16, 2025
एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा छुट पाउने भएका छन्। बैंकले होमस्टेसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौताअनुसार बैंकका ग्राहकले १७ घरपरिवारद्वारा संचालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। भक्तपुरको चाँगुनारायणमा अवस्थित होमस्टेको सेवा लिई बैंकको मोबाइल बैंकिङ सेवा एप मोबैंकमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा पाउन सकिने बैंकले जानकारी दिएको छ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न यस्ता सुविधा ल्याइएको बैंकले जनाएको छ। बैंक र होमस्टेबीचको साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।