सेयर बजार परिसूचक ३४.४६ अंकले बढ्यो, लगानीकर्ताको पहिलो रोजाइमा बैंक, ९.४१ अर्बको कारोबार



बिजमाण्डू
२०८२ असार ३१ गते १५:४६ | Jul 15, 2025
सेयर बजार परिसूचक ३४.४६ अंकले बढ्यो, लगानीकर्ताको पहिलो रोजाइमा बैंक, ९.४१ अर्बको कारोबार

काठमाडौं। सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। मौद्रिक नीतिपछिको दोस्रो कारोबार दिन सोमबार ३५ अंकले घटेको नेप्से परिसूचक मंगलबार ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका सबै सूचकले नेप्से बढाएका हुन्। बैंकिङ सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ।

२०९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सुपरमादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ। ३९ कम्पनीका लगानीकर्ताले गुमाएका छन।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ४.६४ प्रतिशतले ओरालो लागेको छ। बजारमा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।