प्रकाश ज्वालाले संसद्‍मा गरे सरकारको मूल्यांकन, ‘बजेटमा ब्रम्हलुट र सेटिङमा योजना किनबेच’



बिजमाण्डू
२०८२ असार ३१ गते १४:३७ | Jul 15, 2025
प्रकाश ज्वालाले संसद्‍मा गरे सरकारको मूल्यांकन, ‘बजेटमा ब्रम्हलुट र सेटिङमा योजना किनबेच’
प्रकाश ज्वाला

काठमाडौं। पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

उनले सरकारमाथि बजेटमा ब्रम्हलुट गरेको तथा योजनाहरु सेटिङमा किनबेच गरेको आरोप लगाए। उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको एक वर्षे अवधिको आफ्नो मूल्यांकन सुनाए।

‘सभामुख महोदय, ओली सरकारका एक वर्षे उपलब्धि प्रस्तुत गर्दछु। प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेर सुशासनको नांगो नमुना प्रदर्शन, मन्त्रीहरु भ्रष्टाचार र घुसखोरीमा मुछिएको विश्व रेकर्ड, भिजिट भिसा प्रकरण र मानव तस्करीमा नेपाल दुनियाँमा बद्नाम,’ ज्वालाले भने, ‘भ्रष्टाचारको डिग्री उकालो, कमिसनखोरी व्याप्त, सम्पत्ति शुद्धीकरणमा ग्रे-लिस्टबाट ब्ल्याक लिस्टतिर यात्रा, धान रोपाइँका बेला मलखाद अभावमा किसान पीडामा।’

ज्वाला यत्तिमै रोकिएनन्। ‘उखु किसानको अनुदान कटौती, निर्माण सामग्रीमा मूल्यवृद्धि, बाढी पहिरो र भूकम्पपीडित राहतविना छटपटीमा, बजेटमा ब्रम्हलुट र सेटिङमा योजना किनबेच, जनविरोधी अध्यादेशबाट शासन,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयक समितिमा बन्धक, निजामती विधेयकमा कुलिङ पिरियडमाथि चलखेल, न्यायालयमा राजनीतिक हस्तक्षेप, अफतावहरुलाई उन्मुक्ति, सहकारी र मिटर ब्याज पीडित अन्यायमा, राष्ट्रिय गौरवका आयोजना अलपत्र, पुँजीगत खर्च निराशाजनक।’