जलस्रोत विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतरुपमा स्वीकृत, संशोधन दर्ता गराउन दिइयो समय



बिजमाण्डू
२०८२ असार २७ गते १६:३० | Jul 11, 2025
जलस्रोत विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतरुपमा स्वीकृत, संशोधन दर्ता गराउन दिइयो समय

काठमाडौं। जलस्रोत विधेयक राष्ट्रिय सभामा पेस भएको छ।

Tata
GBIME
Nepal Life

असारको सुरुमा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको भनिएको विधेयक ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शुक्रबार राष्ट्रिय सभाको बैठकमा पेस गरेका हुन्।

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी मन्त्रीहरुले नै दिएकामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्णयमा भने थिएन।

सरकारले २०८१ जेठ ३१ गते संसद्‍मा दर्ता गराएको विधेयक प्रतिनिधि सभाले गत जेठ ५ गते पारित गरेको थियो। विधेयक राष्ट्रिय सभाले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ।

विधेयकमाथि अब विधायन व्यवस्थापन समितिमा दफाबार छलफल हुनेछ। त्यसअघि सांसदहरुलाई संशोधन प्रस्ताव तर्ता गराउन समय दिइएको छ। सांसदहरुले तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गराउनुपर्नेछ।