ग्लोबल आइएमई बैंकले पायो २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकको उपाधि



बिजमाण्डू
२०८२ असार २६ गते १०:३८ | Jul 10, 2025
ग्लोबल आइएमई बैंकले पायो २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकको उपाधि

काठमाडौं। ग्लोबल फाइनान्स म्यागजिन एशिया-प्यासिफिकले ग्लोबल आइएमई बैंकलाई २०२५ का लागि नेपालकै उत्कृष्ट बैंक घोषित गरेको छ।

Tata
GBIME
Nepal Life

३२ औं संस्करणको यो अवार्ड ग्लोबल आइएमई बैंकले लगातार दोस्रो पटक हात पार्न सफल भएको छ।

म्यागजिनले एशिया-प्यासिफिक क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मानित गर्दै आइरहेको छ। लगातार दोस्रो वर्ष यो सम्मान प्राप्त गर्नु सशक्त प्रदर्शन, स्पष्ट रणनीति र ग्राहक-प्रथम सेवा प्रतिबद्धताको प्रमाण भएको बैंकले जनाएको छ।

‘यो उपाधि बैंकको समर्पण, परिश्रम र अग्रगामी सोचको प्रतिफल हो,’ बैंकले भनेको छ।

ग्लोबल आइएमई बैंकले डिजिटल क्षमतामा निरन्तर लगानी गर्दै आएको बताएको छ।

बैंकले भनेको छ, ‘बैंक साना तथा मझौला व्यवसाय (एसएमई) सेवा विस्तारमा केन्द्रित हुँदै आएको छ। बैंकले सबैको पहुँचमा पर्ने, समावेशी र मूल्यमान्यतामा आधारित सेवा प्रदान गर्न निरन्तर प्रयत्न गरिरहेको छ। यसै रणनीतिक नीतिले बैंकलाई अघि बढ्न प्रेरणा दिएको छ।’

बैंकले यो सफलताको श्रेय आफ्नो समर्पित टिम, ग्राहकहरू तथा अन्य सबै सरोकारवालाहरूलाई दिएको छ।

‘यो सम्मानले ग्लोबल आइएमई बैंकलाई अझ सशक्त रूपमा अघि बढ्न हौसला दिएको छ। बैंकले भविष्यमा पनि नेपालभर प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ,’ बैंकले उल्लेख गरेको छ।

‘द बैंक फर अल’ भन्ने प्रतिबद्धतामा अडिग रहँदै सबैका लागि बैंकिङ सेवा पुर्‍याउने उद्देश्यलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ।