एमजीको भारतमा उत्पादित विन्डसर इभी नेपाली बजारमा, मूल्य ३८ लाखबाट सुरु

बिजमाण्डू
२०८२ असार १८ गते १९:५९ | Jul 2, 2025
एमजीको भारतमा उत्पादित विन्डसर इभी नेपाली बजारमा, मूल्य ३८ लाखबाट सुरु

काठमाडौं। मोरिस ग्यारेज (एमजी) को नयाँ गाडी एमजी विन्डसर इभी नेपाली बजारमा प्रवेश गरेको छ।

Tata
GBIME

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुधबार एमजी विन्डसर नेपाली बजारमा ल्याएको हो। यो गाडी भारतमा उत्पादन गरिएको हो।

कम्पनीले यसअघि एमजीका कोमेट इभी भित्र्याएको थियो।

कम्पनीले भित्र्याएका नयाँ इभी इसेन्स र एक्सक्लुसिभ भेरियन्टमा उपलब्ध छन्।

यसको बजार मूल्य एक्सक्लुसिभ भेरियन्टको ३७ लाख ९९ हजार र इसेन्स भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा ३८ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ३३२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

गाडीमा १०० किलोवाट पावरको मोटर उपलब्ध छ। यसले २०० एनएम टर्क उत्पादन गर्छ। यसमा ग्राउन्ड क्लियरेन्स १८६ एमएम छ। साथै ३६० डिग्रीको क्यामेरा पनि राखिएको छ। कम्पनीले स्पेयर पार्ट्स र सर्भिसमा ८ वर्षको वारेन्टी दिएको छ।