
काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले कम्पनीको सेयर मूल्य बुधबार समायोजन गरेको हो।
समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ। बुधबार कारोबारपछि कम्पनीको अन्तिम मूल्य ६१२.२८ रुपैयाँ कायम भएको थियो।
इन्स्योरेन्सको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यमा बिहीबार खुल्नेछ। युनाइटेड अजोडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।
बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ तोकेको छ।