विलासित कर र भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडकमा

बिजमाण्डू
२०८२ असार १३ गते १६:३१ | Jun 27, 2025
विलासित कर र भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडकमा

काठमाडौं। सुनचाँदी व्यवसायी फेरि सडकमा ओर्लिएका छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरेको करको विरोधमा व्यवसायीहरु पसल बन्द गरेर सडकमा ओर्लिएका हुन्। सुन व्यवसाय अनिश्चितकालिन बन्दको समेत घोषणा गरेका छन्।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा प्रदर्शन गरेका छन्। उनीहरुले कालिगढहरुलाई पनि सडकमा उतारेका छन्।

सुन चाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुले व्यवसाय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन्। सरकारले माग सम्बोधनका लागि चासो नदेखाएपछि व्यवसाय बन्द गरेर सडकमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।