खानीखोला हाइड्रोपावरले ४६.५७ करोडको हकप्रद सेयर निष्कासन गर्दै, सेबोनले दियो अनुमति

बिजमाण्डू
२०८२ असार १३ गते ०९:४७ | Jun 27, 2025
खानीखोला हाइड्रोपावरले ४६.५७ करोडको हकप्रद सेयर निष्कासन गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको हो।

Tata
GBIME

खानीखोलाले चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ।