आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ३५ रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८२ असार १२ गते ११:२५ | Jun 26, 2025
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा ३५ रुपैयाँ वृद्धि

काठमाडौं। आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

बुधबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला २ हजार १७५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला २ हजार १४० रुपैयाँमा पुगेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३३३५.५१ डलर रहेको छ। चाँदी प्रति औंस ३६.३९ डलर रहेको छ।