काठमाडौं। आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रति तोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला २ हजार १७५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला २ हजार १४० रुपैयाँमा पुगेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३३३५.५१ डलर रहेको छ। चाँदी प्रति औंस ३६.३९ डलर रहेको छ।