
काठमाडौं । टाटा मोटर्सले भर्खरै बजारमा ल्याएको टाटा ह्यारियर इभीले क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। भारत एनक्याप टेस्ट मापदण्ड अनुसार गरिएको सेफ्टी टेस्टमा टाटा ह्यारियर इभीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको हो।
भारत एनक्यापले आफ्नो पेजमा राख्दै टाटा ह्यारियर इभीलाई एडल्ट टेस्टमा ३२ मा ३२ अंक नै दिएको छ भने चाइल्ड सेफ्टीमा ४९ मा ४५ अंक दिएको छ।
सेफ्टीको लागि गाडी कतिको अब्बल छ भनेर प्रमाणिकरण गर्न एडल्ट अकुपेन्ट प्रोटेक्सन र चाइल्ड अकुपेन्ट प्रोटेक्सन दुईवटा टेस्ट गर्ने गरिन्छ।
परीक्षणका क्रममा गाडीमा भएको एयरब्याग सबैले काम गरेको थियो। यसले अगाडि र साइडबाट हुने क्र्यासबाट बचाउँछ। गाडीमा ७ वटा एयरब्याग छन्।
कम्पनीले यो गाडीको मूल्य भेरियन्ट अनुसार २१.४९ लाखदेखि २७.४९ लाख भारतीय रुपैयाँ तोकेको छ।
ह्यारियर इभीलाई कम्पनीले अफरोड ड्राइभिङ क्षमताको बनाएको छ। यसमा टफ टेरेन्टमा पनि ड्राइभ गर्न सकिने ड्राइभिङ मोडहरु राखिएका छन्।
यसको बुकिङ भारतमा आगामि जुलाईदेखि मात्रै खुला गरिने कम्पनीले जनाएको छ।