ब्रिज कन्सल्टेन्सीले बेलायतमा गर्‍यो क्रिकेट टुर्नामेन्ट, सन्दीप लामिछानेको टीमले जित्यो

बिजमाण्डू
२०८२ असार १० गते १२:२६ | Jun 24, 2025
ब्रिज कन्सल्टेन्सीले बेलायतमा गर्‍यो क्रिकेट टुर्नामेन्ट, सन्दीप लामिछानेको टीमले जित्यो

काठमाडौं। ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी स्थापनाको अवसरमा बेलायतमा ब्रिज डेकेड कप क्रिकेट टुर्नामेन्ट भएको छ। ब्रिज ११ र डेभाइज क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।

Tata
GBIME

यो खेलमा ब्रिज ११ बिजयी भएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको नेतृत्वमा ब्रिजले १२७ रनको जीत हासिल गरेको हो। सन्दीपले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले अर्धशतक बनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले बेलायतमा नेपाली क्रिकेटलाई बढावा दिने उदेश्यले टुर्नामेन्ट गरेको बताए।

कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत नेपालको सम्वन्ध विस्तारमा सहयोग पुर्‍याउने उदेश्य राखिएको बताए। यो खेलका लागि म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गुरुङले प्राविधिक सहयोग गरेका थिए। ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली क्रिकेटलाई अझ सुदृढ बनाउन टुर्नामेन्ट गरेको बताए।