बजेट पारित गर्नुअघि सत्ता गठबन्धनका नेता छलफलमा, बालुवाटारमा असन्तुष्टिबारे मन्थन

बिजमाण्डू
२०८२ असार १० गते १०:०० | Jun 24, 2025
बजेट पारित गर्नुअघि सत्ता गठबन्धनका नेता छलफलमा,  बालुवाटारमा असन्तुष्टिबारे मन्थन

काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।

Tata
GBIME

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु छलफलमा जुटेका हुन्।

बजेटका विषयमा सत्ता गठबन्धनमै असन्तुष्टि बढेपछि उक्त असन्तुष्टिलाई पनि समेटेर बैठक पारित गर्न नेताहरु छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।