कतार र यूएईले खुला गर्‍यो एयरस्पेस, अमेरिकी एयरबेसमा आक्रमणपछि सुरक्षा चुनौती कायमै

बिजमाण्डू
२०८२ असार १० गते ०६:४२ | Jun 24, 2025
कतार र यूएईले खुला गर्‍यो एयरस्पेस, अमेरिकी एयरबेसमा आक्रमणपछि सुरक्षा चुनौती कायमै

कतार र यूएई आफ्नो एयरस्पेस खुला गरेको छ। सोमबार राति अमेरिकी एयरबेसमा आक्रमण हुन सक्ने सम्भावित सूचनाको आधारमा कतारले आफ्नो आकाश बन्द गरेको थियो।

Tata
GBIME

कतारको सो घोषणा लगत्तै इरानले दोहोस्थित अमेरिकी एयरबेसमा आक्रमण गरेको थियो। कतारलाई सो आक्रमणबारे इरानले पूर्व जानकारी गराएको थियो।

कतार र अमेरिकाले सो आक्रमणमा कुनै पनि मानवीय क्षति नभएको जनाएको छ। आक्रमण अघि अमेरिका र बेलायतले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन भनेको थियो।

नेपालले पनि आफ्ना नागरिकलाई सतर्क रहन र कतार सरकारको सूचना पालना गर्न भनेको थियो।

आक्रमण सकिएको केही घण्टापछि कतारले आफ्नो एयरस्पेस फेरि सामान्य रुपमा संचालन हुने जनाएको हो। कतारसँगै यूएई, बहराइन लगायतका देशले पनि एयरस्पेस बन्द गरेका थिए।

एयरस्पेस बन्द हुँदा खाडी गन्तव्य भएका विमानहरु अन्यत्र डाइभर्ट भएका थिए।