इरान र इजरायल युद्धविरामका लागि सहमत : ट्रम्प, वार्ताका लागि कतारको भूमिका अहम

बिजमाण्डू
२०८२ असार १० गते ०६:२२ | Jun 24, 2025
इरान र इजरायल युद्धविरामका लागि सहमत : ट्रम्प, वार्ताका लागि कतारको भूमिका अहम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलले युद्धविरामको सहमति गरेको दाबी गरेका छन्।

Tata
GBIME

ट्रम्पले दुवै देशले पूर्ण युद्धविराममा सहमति जनाएको उल्लेख गरेका हुन्। अन्तराष्ट्रिय मिडियाहरुले युद्धविरामका लागि कतारले भूमिका खेलेको उल्लख गरेका छन्।

कतारका प्रधानमन्त्री शेअ मोहम्मद बिन अलथानीको सहयोगमा दुवै पक्षलाई युद्धविराममा सहमत गराइएको जनाइएको छ। यद्यपि, इरानले भने युद्धविरामबारे केही आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

इजरायलले आक्रमण गरेपछि इरानले पनि इजरायलमा आक्रमण गरेको थियो। त्यसपछि अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि हिजो राति इरानले खाडी देशहरुमा रहेको अमेरिकी एयरबेसमा आक्रमण गरेको थियो। जसकारण खाडी क्षेत्रका कयौं देशले आफ्नो एयरस्पेस बन्द गरेको थियो।

Qatari PM Sheikh Mohammed bin Abdulrahman Al Th