
संयुक्त अरब इमिरेट्सले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। इरानले खाडी क्षेत्रमा रहेको अमेरिकी एयर बेसक्याम्पमा हवाई आक्रमण गरेपछि युएईले पनि आफ्नो आकाश बन्द गरेको हो।
युएईले तत्कालै लागू हुने गरि एयरस्पेस बन्द गरेको जनाएको छ। जसकारण सयौं विमानहरु प्रभावित भएका छन्।
यसअघि कतारले पनि आफ्नो एयरस्पेस बन्द गरेको थियो। युएई र कतार गन्तव्य रहेको विमानहरु अन्यत्रै डाइभर्ट गरिएका छन्।
अहिले इरानले इराक र कतारमा रहेका अमेरिकी एयरबेसमा आक्रमण गरिरहेको छ।