
काठमाडौं। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा घरेलु टोलीका कप्तान रिची बेरिङटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा नेपालले अघिल्लो खेल खेलेको प्लेइङ ११ बाट एक परिवर्तन गरेको छ। पेसर करण केसी बाहिरिएर रिजन ढकाल प्लेइङ ११ मा छन्।
आजको खेलमा जित निकाल्न सके नेपालले नेपालले सिरिज जित्नेछ। नेपाल आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्ड र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो। अर्कोतर्फ स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो भने दोस्रो र तेस्रो खेलमा क्रमश नेपाल र स्कटल्याण्डसँग पराजित भएको थियो।
नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, रिजन ढकाल र ललित राजवंशी