वीरगंजको आन्तरिक राजस्व कार्यालयले संकलन गर्‍यो साढे ८ अर्ब राजस्व, लक्ष्यभन्दा बढी

बिजमाण्डू
२०८२ असार ६ गते ०७:३४ | Jun 20, 2025
वीरगंजको आन्तरिक राजस्व कार्यालयले संकलन गर्‍यो साढे ८ अर्ब राजस्व, लक्ष्यभन्दा बढी

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगंजले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

Tata
GBIME

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा कार्यालयले सो अवधिमा ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यको ११३.३६ प्रतिशत राजस्व संकलन गरेको बताए। कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा अन्तःशुल्क करतर्फ दुई अर्ब ८४ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा लक्ष्यको १४२.२८ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड ३८ हजार राजस्व राजस्व संकलन गरेको छ।

त्यस्तै कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा आयकरतर्फ दुई अर्ब ३२ करोड ४८ लाख ४८ हजार लक्ष्य रहेकामा सो अवधिमा दुई अर्ब ५५ करोड ५९ लाख ९४ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको १०९.९४ प्रतिशत हुन आउँछ।

कार्यालयले सो अवधिमा घरबहाल करतर्फ भने २५ करोड १० लाख आठ हजार राजस्व संकलन गरेको छ। त्यस्तै मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २२ करोड ८३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा एक अर्ब ८३ करोड ७५ लाख ५० हजार राजस्व संकलन गरेको छ। विभागले कार्यालयलाई वर्षभरिमा ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। रासस