घरजग्गा किनबेच जेठमा चालु वर्षकै सर्वाधिक, ५६ हजार लिखत पारित, उठ्यो ४.७२ अर्ब राजस्व

बिजमाण्डू
२०८२ असार २ गते २०:१८ | Jun 16, 2025
घरजग्गा किनबेच जेठमा चालु वर्षकै सर्वाधिक, ५६ हजार लिखत पारित, उठ्यो ४.७२ अर्ब राजस्व

काठमाडौं। जेठ महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक धेरै घरजग्गा किनबेच भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा ५६ हजार लिखत पारित भएको छ।

Tata
GBIME

तर, यो पोहोर जेठको तुलनामा भने ८.४२ प्रतिशत कम हो। पोहोर जेठमा ६१ हजार १६१ लिखत पारित भएको थियो। आर्थिक गतिविधि सुस्ताउँदा पछिल्लो तीन वर्षदेखि शिथिल बनेको घरजग्गा कारोबार लयमा फर्किन सकेको छैन।

घरजग्गा कारोबार तराई क्षेत्रमा धेरै देखिएको छ। सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै २१५८ लिखत पारित भएको छ।

यस्तै जनकपुरमा १९७८, झापाको भद्रपुरमा १७४०, मोरङको बेलवारीमा १७३२, सप्तरीको राजविराजमा १६५९, सिरहामा १३३८, सर्लाहीको मलंगवामा १२५४ र कैलालीको धनगढी मालपोतमा १२४९ लिखत पारित भएको विभागको तथ्यांक छ।

दुई आर्थिक वर्षमा घरजग्गा किनबेचको तथ्यांक

महिना२०८१/८२२०८०/८१फरक %
साउन४३८३५३९२६३११.६४
भदौ३२७९८३५६८६-८.०९
असोज३०५२७३९८८१-२३.४५
कात्तिक३३५१४२६०४६२८.६७
मंसिर४३३७९४१८५१३.६५
पुस४८१५६४५२७५६.३६
माघ४६०६९५०९२१-९.५३
फागुन४६०६१५०९९८-९.६८
चैत४९८३२५०२५२-०.८४
वैशाख५२४२३४९७८२५.३१
जेठ५६०१०६११६१-८.४२
कुल४८२६०४४९१११६-१.७३
स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग

उपत्यकामा धेरै कारोबार भक्तपुरमा भएको छ। मालपोत कार्यालय भक्तपुरबाट १०९८ लिखित पारित भएको छ। यस्तै, लगनखेलबाट ९१९, कलंकीबाट ८१६, चाबहिलबाट ५०८, साँखुबाट ४८४ र मनमैजुबाट ३५२ लिखत पारित भएको तथ्यांक छ।

घरजग्गा कारोबारबाट दुई आर्थिक वर्षमा संकलित राजस्व (रुपैयाँमा)

महिना२०८१/८२२०८०/८१फरक %
साउन३८३५०८२८८५२९१०४२७१९६३१.७७
भदौ३०९०२५९१५२३०४५९४६८१११.४५
असोज३०८१२४१४८१४०८६६२९४३७-२४.६
कात्तिक२७०४०४६६४५२१६३८६७५६४२४.९६
मंसिर३८७४८२६९७६२८६५०११०२१३५.२५
पुस४२५२२२१७७९३२०५२१३५३०३२.६७
माघ३८७२४८१६४७३३७५७४६२३११४.७१
फागुन४१२००३१०७४३५९२६९१०८११४.६८
चैत४३९४६८६८६७३९४८१३६८१६११.३१
वैशाख४५४२२९६६३७३८६३८१६२६६१७.५६
जेठ४७२७०९४४४५४३३९२४१७६९८.९४
कुल४२४९४२६९५८८३७३९६७२७७२२१३.६३

घरजग्गा कारोबारमा पोहोरभन्दा सामान्य गिरावट आए पनि राजस्व संकलन भने बढेको छ। घरजग्गा कारोबारबापत जेठमा ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा ८.९३ प्रतिशत धेरै हो।

गत वर्ष जेठमा घरजग्गा कारोबारबापत सरकारले ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

जेठमा डिल्लीबजार मालपोतबाट सबैभन्दा धेरै ३९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै लगनखेलबाट ३८ करोड ५२ लाख, भक्तपुरबाट ३१ करोड ५२ लाख, कलंकीबाट ३० करोड र चाबहिलबाट २८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।