सीएनएनको घुम्नै पर्ने सूचीमा नेपालको घान्द्रुक पनि, ट्रेकिङ गर्नका लागि विश्वभर प्रख्यात

बिजमाण्डू
२०७६ भदौ ११ गते १३:५१ | Aug 28, 2019
सीएनएनको घुम्नै पर्ने  सूचीमा नेपालको घान्द्रुक पनि, ट्रेकिङ गर्नका लागि विश्वभर प्रख्यात

Tata
GBIME

काठमाडौं। सीएनएन ट्राभलले एसियाका घुम्नै पर्ने १३ स्थानहरुको सूची तयार पारेको छ, जसमा नेपालको घान्द्रुकले पनि स्थान पाएको छ।

सीएनएनले उष्ण टापुहरु, धान खेती, चिया बगान, सुन्दर हिमाल तथा बढ्दो शहरका कारण एसिया विविध गन्तव्य स्थलहरुको अद्भुत भूमी रहेको बताएको छ।

समुन्द्र सतहभन्दा करिव २ हजार मिटरमाथी रहेको घान्द्रुकमा पहाडले घेरिएका गाउँहरु रहेका छन्। पोखराबाट करिव ५ घण्टाको दूरीमा रहेको यो गाउँ ट्रेकिङ ( पैदल यात्रा) को लागि प्रख्यात छ।

सीएनएनको उक्त सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटि अफ भिगन, लाओसको लुआङ प्रबाङ र कम्बोडियाको काम्पोट पनि रहेका छन्। त्यस्तै इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जोजुवाङ, भारतको मलिननोङ, हङकङको साइ कुङ तथा थाइल्याण्डको फुकेट पनि समावेश गरिएको छ।