स्वास्थ्य मन्त्रालयले ग्लोबल फण्डअन्तर्गत कार्यक्रमका लागि ५४ कर्मचारी पदपूर्ति गर्दै, खुल्यो दर्खास्त

बिजमाण्डू
२०८२ जेठ २९ गते ०९:२६ | Jun 12, 2025
स्वास्थ्य मन्त्रालयले ग्लोबल फण्डअन्तर्गत कार्यक्रमका लागि ५४ कर्मचारी पदपूर्ति गर्दै, खुल्यो दर्खास्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू र मातहतका निकायमा ग्लोबल फण्ड ग्रान्ट साइकल अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न उल्लेख्य संख्यामा कर्मचारी पदपूर्ति गर्ने भएको छ। मन्त्रालयले एक जना परियोजना निर्देशकसहित विभिन्न दर्जाका ५४ जना मागेको हो।

Tata
GBIME

अधिकांश पद प्राविधिक छन्। कार्यक्रम संयोजक, व्यवस्थापन, लेखा, मेडिकल, आइटी, स्टोर, ग्रान्ड एक्सपर्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट, डाटा अफिसर, सवारीचालक लगायतका ३६ पदमा कर्मचारी पदपूर्ति गरिने भएको हो।

मन्त्रालयद्वारा बिहीबार प्रकाशित सूचनाअनुसार योग्य उम्मेदवारले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ। प्राप्त निवेदनहरुलाई सर्टलिस्ट गरेपछि परीक्षाको तालिका प्रकाशित गरिने मन्त्रालयले जनाएको छ।

योग्यता पुगेकाहरुले मन्त्रालयको वेबसाइटमा गइ उपलब्ध गुगल फारामको लिंक खोलेर आवश्यक विवरण प्रविष्ट गर्नुपर्ने सूचनामा उल्लेख छ।

यी हुन् मन्त्रालयले दरखास्त मागेका दर्जा र संख्या