अदालत आफ्नो क्षेत्राधिकारबाहिर गएर पत्रकारहरुलाई तर्साउन उद्यत : समाजवादी प्रेस संगठन नेपाल



बिजमाण्डू
२०८२ जेठ २८ गते १३:१६ | Jun 11, 2025
अदालत आफ्नो क्षेत्राधिकारबाहिर गएर पत्रकारहरुलाई तर्साउन उद्यत : समाजवादी प्रेस संगठन नेपाल

काठमाडौं । बिजमाण्डूमा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेश पत्रकारहरुलाई तर्साउन केन्द्रित रहेको समाजवादी प्रेस संगठन नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले हालेको मुद्दामा अदालतले बिजमाण्डूमा प्रकाशित भएका समाचारहरु तुरुन्त हटाउनु, हटाउन लगाउनु भनि आदेश जारी गरेको हो। बिजमाण्डूले सेबोनमा भएको अनियमितताबारे लगातार समाचार प्रकाशन गरिरहेको छ।

सोही विषयबारे विज्ञप्ति जारी गर्दै संगठनले अदालतले आफ्नो क्षेत्राधिकारबाहिर गएर पत्रकारहरुलाई तर्साउन उद्यत रहेको आफूहरुको ठहर रहेको जनाइएको छ।