सेबोनको नियामकीय क्षमता कमजाेर भएकाे अध्यक्ष सन्तोषनारायण श्रेष्ठको स्वीकारोक्ति

बिजमाण्डू
२०८२ जेठ २५ गते ०९:५२ | Jun 8, 2025
सेबोनको नियामकीय क्षमता कमजाेर भएकाे अध्यक्ष सन्तोषनारायण श्रेष्ठको स्वीकारोक्ति

काठमाडौं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)का अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले आफैंले नेतृत्व गरेको संस्थाको नियामकीय क्षमता कमजाेर भएकाे बताएका छन्।

Tata
GBIME

सेबाेनकाे ३३ औं वार्षिकोत्सवमा श्रेष्ठले बजार विस्तारकाे तुलनामा सेबाेनकाे क्षमता बढ्न नसकेकाे बताएका हुन।

‘मैले देखेकाे पुँजी बजारकाे तिव्र विस्तारमा बाेर्डकाे नियामकीय क्षमता बढेकाे छैन। बजार वृद्धिकाे तुलनामा नियामकीय क्षमता बढाउनु चुनाैती हाे। बाेर्ड अहिले त्यही दिशामा छ,’ उनले भने।

सरकारले आगामी आर्थिक वर्षकाे बजेटमार्फत गरेकाे घाेषणाले सेबोन र पुँजी बजारकाे विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ।

सेबाेनकाे आफ्नै कार्यालय बनाउन जग्गा खरिदकाे काम अघि बढेकाे पनि उनले बताए। यस्तै, सेबाेनकाे जनशक्ति बढाउन ओएनएम सर्भे अघि बढेकाे उनले जानकारी दिए।