आरकेडी होल्डिङ्सले आइपीओ निष्कासन गर्ने, असार १४ गते साधारण सभा

बिजमाण्डू
२०८२ जेठ २३ गते ११:२१ | Jun 6, 2025
आरकेडी होल्डिङ्सले आइपीओ निष्कासन गर्ने, असार १४ गते साधारण सभा

काठमाडौं। आरकेडी होल्डिङ्सले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारित गर्न असार १४ गते साधारण सभा बोलाएको छ।

Tata
GBIME

साधारण सभामा ३ वटा सामान्य र १० वटा विशेष प्रस्ताव पेस गरिँदै छ। कम्पनीले सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, पुँजी संरचना परिवर्तन प्रस्ताव पारित गर्न लागेको छ।

होल्डिङ्सले जारी पुँजीको २१ प्रतिशतले हुन आउने रकम बराबरको सेयर निष्कासन गर्ने भएको हो। साधारण सभाले आइपीओ निष्कासनका लागि गर्ने सबै कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव छ।