नेप्सेले समायोजन गर्‍यो नेसनल लाइफसहित ३ कम्पनीको सेयर मूल्य, कति कायम भयो?

बिजमाण्डू
२०८२ जेठ २१ गते १७:४० | Jun 4, 2025
नेप्सेले समायोजन गर्‍यो नेसनल लाइफसहित ३ कम्पनीको सेयर मूल्य, कति कायम भयो?

काठमाडौं। ने‍पाल स्टक एक्सचेन्ज (नेप्से)ले ३ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। बुधबार नेसनल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो।

Tata
GBIME

नेसनल लाइफको समायोजनपछि सेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ। बुधबार कम्पनीको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँ थियो।

नेसनल लाइफले पोहोरको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

एनएलजी इन्स्योरेन्सको समायोजनपछि प्रति कित्ता मूल्य ७४१.४८ रुपैयाँ कायम भएको छ। इन्स्योरेन्सको बुधबार प्रति कित्ता ७६०.०२ रुपैयाँमा सेयर किनबेच भएको थियो।

कम्पनीले गत वर्षको मुनाफाबाट २.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजनपछि २९०.३६ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबार ४८०.७२ रुपैयाँमा कारोबार भएको छ।

बरुण हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ।