दरमखोला हाइड्रो इनर्जीले ३९.५० करोडको आइपीओ निष्कासन गर्दै, सेबोनबाट पायो अनुमति

बिजमाण्डू
२०८२ जेठ २० गते १६:२३ | Jun 3, 2025
दरमखोला हाइड्रो इनर्जीले ३९.५० करोडको आइपीओ निष्कासन गर्दै, सेबोनबाट पायो अनुमति

काठमाडौं। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई मंगलबार आइपीओ निष्कासन अनुमति दिएको हो।

Tata
GBIME

हाइड्रो इनर्जीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दैछ। कम्पनीले चुक्ता पुँजीको ३८.३३ प्रतिशतको सेयर निष्कासन गर्न लागेको हो।

हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीले बागलुङको गलकोटमा बनाइरहेको ९.६ मेगावाटको आयोजना निर्माण पुरा हुने चरणमा पुगेको छ।