
काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र अन्य सूचकले बजार बढाएका हुन्।
कारोबारमा आएका ११५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ओम मेगाश्री र पियोर इनर्जीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।
१३३ कम्पनीको सेयरमूल्य घट्दा भने लगानीकर्ताले गुमाएका छन्। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ।
बजारमा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सर्वाधिक कारोबार हुनेमा ङादी ग्रुप अफ पावर छ। उक्त कम्पनीको ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै राधी विद्युतको ६५ करोड २ लाख र युनिभर्सल पावरको ५४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।