काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारीलाई नियुक्त गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसँगै प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको करार सकिएको थियो।
बीमा क्षेत्रमा २२ वर्षको अनुभव भएका दामोदर भण्डारीलाई कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।
भण्डारी नेपाल पुनर्बीमाको स्थापनाकाल देखिनै कार्यरत छन्। भण्डारी नेपाल पुनर्बीमा आउनु अघि बीमा समितिमा कार्यरत थिए।
भण्डारीको समितिमा १७ वर्षको कार्यानुभव छ। सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको लागि छुट्टै प्रक्रिया अपनाउने छ।










