बजेटबारे विनोद चौधरी : मैले भनेका कुराहरु आएका छन्, प्रयास गर्न खोजिएको छ



बिजमाण्डू
२०८२ जेठ १५ गते १८:४० | May 29, 2025
बजेटबारे विनोद चौधरी : मैले भनेका कुराहरु आएका छन्, प्रयास गर्न खोजिएको छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् उद्योगी विनोद चौधरीले बजेट निजी क्षेत्रका लागि राम्रो भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पढेपछि प्रतिक्रिया दिँदै उनले आफूले भनेका विषयहरु बजेटमा समेटिएको बताएका हुन्।

‘मैले भनेका कुरा आएका छन्। ३ प्रतिशतको ब्याज भनेको छ राम्रो छ। स्पेशल जोनमा भाडा छुटको कुरा छ त्यो पनि राम्रो छ। प्रयास गर्न खोजिएको छ।’

बजेटले निजी क्षेत्रमा कर्जा बढाउने भनेको उल्लेख गर्दै भने, ‘यो वास्तविकतामा आधारित छ।’