काठमाडौं उपत्यकामा संचालित उद्योगलाई बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने



बिजमाण्डू
२०८२ जेठ १५ गते १७:०३ | May 29, 2025
काठमाडौं उपत्यकामा संचालित उद्योगलाई बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा संचालनमा रहेका उद्योगलाई बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने भएको छ। बाहिर स्थानान्तरण गरेर राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहन गरिने भएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेले यस्ता उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था गरिने बताएका छन्।

उद्योग, व्यवसाय, कृषि फर्म, हाउजिङ र अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने बजेटमा उलेख गरिएको छ।