रोप वेको विकल्पमा पोड वे बनाउने सरकारको योजना, सम्भाव्यता अध्ययन गर्न बजेट



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:५२ | May 29, 2025
रोप वेको विकल्पमा पोड वे बनाउने सरकारको योजना, सम्भाव्यता अध्ययन गर्न बजेट

काठमाडौं। सरकारले रोप वेको विकल्पमा पोड वेको अवधारणा अगाडि सारेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत पोड वेको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट छुट्याइएको बताए। हेटौंडा-काठमाडौं रोप वे सेवा अहिले बन्द छ।

कोशी लगानी प्राधिकरणले जोगवनीदेखि धरान–चतरासम्म करिब ८३ किलोमिटर पोडवे सञ्चालन गर्न यसअघि नै प्रस्ताव गरिसकेको छ। पोडवे संचालनका लागि कम्पनीनै दर्ता भएको छ। काठमाडौं पोडवेले उपत्यकाका विभिन्न स्थानमा पोडवे संचालन गर्न सकिने अध्ययनबाट निष्कर्ष निकालिसकेको छ।