काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ छुट्याएका छन्। उनले स्वास्थ्य बीमामा बाँकी रहेको भुक्तानी यसै आर्थिक वर्षमा फरफारक गरिने व्यवस्था मिलाएको बताए।










